Logo

१८ चैत,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी बुधबार काठमाडौं फर्किएका छन्।

सिमरा हुँदै वीरगन्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने प्रक्रिया सम्पन्न गरेका थिए। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी अपराह्न काठमाडौं फर्किएका हुन्।

अदालत परिसरमा लामिछानेको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सम्भावित भिड व्यवस्थापनमा विशेष ध्यान दिएको थियो।

लामिछाने अदालत पुगेका बेला उनका समर्थकहरू पनि आसपास क्षेत्रहरूमा भेला भएका थिए। यसअघि पनि विभिन्न मुद्दाहरूका सन्दर्भमा उनले पटक–पटक अदालतमा उपस्थित हुँदै आएका छन्।

पछिल्लो उपस्थितिसँगै लामिछानेले कानुनी प्रक्रियाअनुसारको दायित्व पूरा गरी पुनः काठमाडौं फर्किएका हुन्।


सम्बन्धित समाचार