Logo

१९  चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अबको राजनीतिमा बहुमतको आडमा कसैमाथि प्रतिशोध वा अत्याचार नहुने उद्घोष गर्नुभएको छ ।

विगतमा आफ्ना मान्छे जोगाउन र विपक्षीलाई फसाउन कानुन संशोधन गर्ने तथा अध्यादेश ल्याउने जस्ता गलत परम्परा बसेको टिप्पणी गर्दै उहाँले त्यस्ता प्रवृत्तिलाई यथाशीघ्र सच्याइने प्रतिबद्धता जनाउनुभयो । संसद्मा बोल्दै लामिछानेले प्रतिपक्षीमाथिको अहङ्कार र आस्थाका आधारमा गरिने भेदभावको अध्याय अब सदाका लागि समाप्त भएको दाबी गर्नुभयो ।

संसदीय गरिमालाई कायम राख्न विधि मिचेर कसैको माइक नकाटिने र संसदीय समितिहरूमा संख्याकै बलमा अन्याय नगर्ने आश्वासन दिँदै उहाँले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्ने बताउनुभयो । यद्यपि, राजनीतिक सन्तुलन मिलाउने नाममा सुशासनको अभियानमा कुनै सम्झौता नहुने उहाँको प्रस्टोक्ति थियो ।

सुशासनको वेग नरोकिने चेतावनी दिँदै सभापति लामिछानेले न्यायको पहिलो हक शहीदका आमाहरूको हुने र भ्रष्टाचार विरुद्धको कारबाहीलाई प्रतिशोधको संज्ञा दिन नपाइने तर्क गर्नुभयो। उहाँको यो सम्बोधनले नयाँ सरकारको कार्यदिशा न्यायमुखी र सुशासन केन्द्रित हुने संकेत दिएको छ ।


सम्बन्धित समाचार