Logo

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिने क्रममा कडा राजनीतिक व्यङ्ग्य र आक्रोश मिश्रित टिप्पणी गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले दलीय आधारमा सदनलाई सम्बोधन गर्दै वर्तमान सरकारको उदय र त्यसका पछाडि भएका घटनाक्रमहरूलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गम्भीर प्रश्न उठाउनुभयो । थापाले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई रास्वपाको अघोषित ुरंग क्रान्तिु को संज्ञा दिँदै सोही जगमा टेकेर वर्तमान सत्ता समीकरण बनेको आरोप लगाउनुभयो ।

सम्बोधनका क्रममा नेता थापाले भदौको आन्दोलन, फागुन २१ को निर्वाचनमार्फत सम्पन्न ‘निलो क्रान्ति’ र चैत १३ को धार्मिक अनुष्ठानसहितको प्रधानमन्त्री नियुक्तिलाई एउटा योजनाबद्ध कडीका रूपमा चित्रण गर्नुभयो । यी सबै घटनाक्रमलाई ‘अभूतपूर्व विजय’ भन्दै उहाँले एमालेका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई त दिनुभयो, तर सो बधाईभित्र सत्तासीन दलको कार्यशैलीप्रति तीव्र असन्तुष्टि लुकेको प्रस्ट देखिन्थ्यो ।

विशेषगरी जेन–जी आन्दोलनमा रास्वपाको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै थापाले सदनमा गरेको यो टिप्पणीले सत्तापक्ष र प्रतिपक्षबीचको भावी सम्बन्ध निकै संघर्षपूर्ण हुने सङ्केत गरेको छ ।


सम्बन्धित समाचार