Logo

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम सभामुखका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

रास्वपाले सभामुख पदमा आफ्नो उम्मेदवार अगाडि सार्दै संसदीय भूमिकालाई थप सक्रिय बनाउने संकेत दिएको छ।


सम्बन्धित समाचार