Logo

२० चैत, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी जवान पदको माग संख्यामा वृद्धि गरेको छ । गत २०८२ साल असोजमा प्रकाशित विज्ञापनमा उल्लेखित संख्यामा थप १ हजार ३७५ जनाको संख्या थप गरी अब कुल २ हजार ९२८ जनाको भर्ना लिइने भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सूचना जारी गर्दै थप गरिएको पद संख्या बारे विस्तृत जानकारी दिएको हो । २०८२ असोज १० गतेको विज्ञापनमा सुरुमा १ हजार ५५३ जनाको माग गरिएको थियो । विज्ञापन प्रक्रिया अघि बढेपछि थप रिक्त हुन आएका १ हजार ३७५ पदहरू पनि सोही विज्ञापनमा समावेश गरिएपछि कुल संख्या झण्डै दोब्बर पुगेको हो ।

नयाँ व्यवस्था अनुसार कुल २ हजार ९२८ पदमध्ये खुलातर्फ १ हजार ५७८ जनाको भर्ना हुनेछ ।


सम्बन्धित समाचार