Logo

२१ चैत,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्र कुनै पनि गुटमा नरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाए।

नेता कोइरालाले आफ्नो मुख्य लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु रहेको उल्लेख गर्दै त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एकताबद्ध कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने आफ्नो चाहना रहेको बताए।

सोही क्रममा उनले बिपी कोइरालाको नाममा स्थापना गरिएको उक्त अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न अवकाशप्राप्त चिकित्सकहरूको महत्वपूर्ण योगदान हुन सक्ने धारणा पनि राखे।


सम्बन्धित समाचार