Logo

२२ चैत,हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग परिसरमा उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ। अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र अभियानकर्मीहरूले सक्रिय सहभागिता जनाएका थिए।

अभियानअन्तर्गत उद्योग परिसरभित्र फैलिएका झाडी, घाँस र अन्य अव्यवस्थित वनस्पति हटाइएका छन्। यसले उद्योग क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै आगलागी र अन्य सम्भावित जोखिम न्यूनीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उद्योगलाई पुनःसशक्त र प्रभावकारी सञ्चालनमा ल्याउने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले यस उद्योगलाई दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका काम अघि बढाइने जानकारी दिए।

उद्योग परिसरको नियमित सरसफाइ र व्यवस्थापनमा सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उनले जोड दिए। स्थानीयवासी र सरोकारवालाहरूले पनि सरसफाइ अभियानले उद्योगप्रति सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता गतिविधि निरन्तर गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।


सम्बन्धित समाचार