Logo

२४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको उनको सचिवालयले पुष्टि गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहनुभएका शाह गत चैत १६ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सत्ता सम्हालेको छोटो अवधिमै शासकीय सुधारका लागि सयबुँदे कार्यसूची अघि सारेका प्रधानमन्त्रीले पछिल्ला राजनीतिक घटनाक्रम र प्रशासनिक निर्णयहरूलाई गति दिन यो आकस्मिक बैठक बोलाएको बुझिएको छ।

यसअघि चैत १६ र २२ गते बसेका नियमित बैठकहरूले महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरिसकेका छन् । विशेषगरी अघिल्लो सरकारले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरेका विभिन्न ६ मुलुकका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको पछिल्लो निर्णय र त्यसपछिको परिस्थितिमाथि पनि आजको बैठकमा समीक्षा हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार