२४ चैत,वीरगञ्ज । पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कैशल कुमार झा आफ्नै कार्यकक्षमा थुनिएका छन्।
विगतमा नियुक्त भएका १०५ जना भन्दा बढी नगरप्रहरीलाई हटाइएका विषयमा असन्तुष्टि जनाउँदै मेयर प्रद्दुमन चौहानका भाइ समेत रहेका नगर प्रहरी दिनेश चौहानसहितको समूहले झालाई कार्यकक्षभित्रै थुनेको हो। उनीहरूले नगरप्रहरीको पुनः नियुक्ति, रोकिएको तलब भत्ता उपलब्ध गराउनुपर्ने जस्ता माग राखेका थिए।
घटनापछि केही समय नगरपालिकामा तनावपूर्ण अवस्था सिर्जना भए पनि सरोकारवालाबीच छलफल र समाधानको सहमति भएपछि झा बाहिर निकालिएका छन्।

















