Logo

२५ चैत,काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद महावीर पुनले नेपालमा लामो समयदेखि जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद (‘भाइरस’) अन्त्य गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

उनले भने, “यो प्रवृत्ति नेपाल एकीकरणपछिको कालखण्डदेखि विभिन्न राजनीतिक परिवर्तन, राणा शासन, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६३ सालको आन्दोलनपछि पनि समाप्त हुन सकेको छैन।”

पुनले नयाँ सरकार र सांसदहरूले पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली अपनाउनुपर्नेमा जोड दिँदै, आफ्ना नातागोता वा इष्टमित्रलाई पदमा नियुक्त नगर्न चेतावनी दिएका छन्।

सांसद पुनले नेपालको आर्थिक विकासमा विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र यसका लागि छुट्टै कोष र बलियो मन्त्रालय गठन आवश्यक रहेको बताए।


सम्बन्धित समाचार