Logo

 २६ चैत,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट मुक्त गरेका छन्।

पार्टीको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उनलाई पदमुक्त गर्ने निर्णय लिएका हुन्। पार्टी सभापति रवि लामिछानेले मन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष पत्र पठाएका थिए।

मन्त्री साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति गराउने निर्णयपछि विवादमा तानिएका थिए। यसअघि पनि उनी विभिन्न विवादमा मुछिएका कारण आलोचनामा पर्दै आएका थिए।

साह करिब १३ दिनअघि मात्र मन्त्री पदमा नियुक्त भएका थिए।


सम्बन्धित समाचार