२७ चैत,काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद तथा १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
उक्त मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा पेशी चढेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको हो। सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
यसैबीच, उक्त विवाद समाधान नहुँदै १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको तथा सदस्यता खुला गर्ने निर्णय गरिएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन्।
दुवै रिटमाथिको सुनुवाइले पार्टीको नेतृत्व विवाद र महाधिवेशनको भविष्यबारे महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।

















