Logo

९ वैशाख,वीरगञ्ज । भारतको बिहार राज्यस्थित रक्सौल रेल्वे क्षेत्रको ढालामा रहेको सटही काउन्टरमा भारतीय प्रहरीले छापामारी गरी ठूलो परिमाणमा नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छोटा डुमरिया टोलका सोनु कुमार रहेका छन्। उनलाई छापामारीका क्रममा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार सोनु कुमारको साथबाट भारतीय रुपैयाँ ४३ लाख ४५ हजार ९ सय तथा नेपाली रुपैयाँ २ लाख ३८ हजार ७ सय बरामद गरिएको छ। उक्त रकम करिब ७० लाख नेपाली रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत र प्रयोगको उद्देश्यबारे विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको बताइएको छ।


सम्बन्धित समाचार