Logo

 ११ वैशाख,काठमाडौं ।  पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। स्थानीय बासिन्दाहरूले तत्काल उद्धारमा सहयोग गरिरहेका छन् भने प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन्।

घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।


सम्बन्धित समाचार