११ वैशाख,वीरगञ्ज । बारामा राष्ट्रिय क्रिकेटर आदिल आलम सवार मोटरसाइकल दुर्घटना भएको छ। शुक्रबार दिउँसो बरियारपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्ने थलही पुलमा आलमले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका आलमलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पतालमा पठाएका छन्। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।
मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालका अनुसार आलमको अवस्था सामान्य रहेको छ।
जानकारी अनुसार मोटरसाइकल खलही पुलबाट तल खसेको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।

















