Logo

१२ वैशाख,काठमाडौं । थापाथलीस्थित अव्यवस्थित सुकुमवासी बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा स्थानान्तरण गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

महानगर प्रहरी बलका एक अधिकृतका अनुसार तीमध्ये केही व्यक्तिहरूको परिवार तथा अभिभावकको अवस्था स्पष्ट नभएको पाइएको छ।

“जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ, उहाँहरूलाई लगिएको छ। थप विवरण हामी खोज्दैछौँ,” ती अधिकृतले बताए।

बस्ती खाली गर्ने क्रममा प्रभावित भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रयास भइरहेको महानगरले जनाएको छ।


सम्बन्धित समाचार