१२ वैशाख,काठमाडौं । थापाथलीस्थित सुकुमवासी बस्ती खाली गराएसँगै काठमाडौँ महानगरपालिकाले अब गैरीगाउँ क्षेत्रमा रहेको अर्को सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आजै दिउँसो त्यहाँ डोजर परिचालन गरिनेछ।
महानगरका अनुसार थापाथलीमा अस्थायी घरटहरा (बाँस, जस्तापाता) हटाइएको भए पनि गैरीगाउँमा भने पक्की संरचनासमेत रहेकाले थप जनशक्ति परिचालन गरी कारबाही अघि बढाइनेछ।
थापाथलीमा बस्ती खाली गराउने क्रममा सडक विभागका २ वटा र महानगरपालिकाका २ वटा गरी ४ वटा डोजर प्रयोग गरिएको थियो। पछि थप २ वटा स्क्याभेटर समेत परिचालन गरिएको महानगरले जनाएको छ।
महानगर प्रहरीका अनुसार गैरीगाउँ क्षेत्रमा दिउँसो १ बजेपछि डोजर चलाउने तयारी भइरहेको छ।