१२ वैशाख,वीरगञ्ज । ढल्के महेन्द्रनगर क्षेत्रमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
नारायणघाट–गाईघाट रुटमा चल्ने एक बसले करिब दिउँसो २ बजेतिर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन्।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।