१२ वैशाख,काठमाडौं । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा नेपाल प्रहरीले स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न सहयोग गरेको छ।
बस्ती खाली गराउने क्रममा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विगतमा जस्तो झडपको अवस्था नआओस् भनेर प्रशासनले उच्च सतर्कता अपनाएको छ।
यस पटकको विशेषता भनेको सुरक्षाकर्मीहरू स्वयं स्थानीयलाई उनीहरूका घरभित्र रहेका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका दृश्य हुन्। यसले बस्ती खाली गर्ने कार्यलाई शान्तिपूर्ण र मानवीय ढंगले सम्पन्न गर्ने प्रयास भएको देखिएको छ।