Logo

 १४ वैशाख,काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमतिबिना सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने मेनपावर कम्पनीमाथि कारबाही गरेको छ।

विभागले लाइसेन्स नम्बर १०२२/२०६८/०६९ भएको एशोसिएट वेलकम इन्टरनेशनल प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो। साथै, सो कम्पनीलाई भविष्यमा विभागको पूर्व स्वीकृतिबिना कुनै पनि विज्ञापन नगर्न सचेत गराइएको छ।

यसैगरी, अन्य दुई मेनपावर कम्पनी मास ह्युमन रिसोर्स प्रालि र टेस्ला ओभर्सिसलाई पनि विभागले कारबाही गरेको छ। ती कम्पनीहरूलाई विभागको अभिलेखमा रहने गरी सचेत गराइएको जनाइएको छ।

विभागका अनुसार यी कम्पनीहरूमाथि वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिएको हो।


सम्बन्धित समाचार