१४ वैशाख,काठमाडौं । मनोहरा खोलाको किनारमा रहेको सुकुम्वासी बस्तीका बाँकी घरटहरा सोमबार बिहानदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ। बिहान करिब ७ बजेदेखि भत्काउने कार्य पुनः सुरु गरिएको हो।
आइतबार बिहानदेखि नै उक्त बस्ती हटाउने अभियान सुरु गरिएको थियो। त्यसक्रममा अधिकांश घरटहरा हटाइसकिए पनि केही संरचना बाँकी रहेकाले आज बिहानदेखि फेरि डोजर परिचालन गरिएको हो।
अधिकार प्राप्त निकायले नदी किनार अतिक्रमण हटाउने अभियान अन्तर्गत बस्ती हटाइएको जनाएको छ।


















