Logo

१६ वैशाख,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले अवैध रूपमा नेपाल भित्र्याइएका विद्युतीय सवारी साधन (ई–स्कुटर) सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागको निर्देशनअनुसार विभिन्न मितिमा नियन्त्रणमा लिइएका ई–स्कुटरहरूको सूची सार्वजनिक गरिएको कार्यालयले जनाएको छ। भारतबाट आवश्यक भन्सार प्रक्रिया पूरा नगरी तथा वैध कागजातबिनै भित्र्याइएका विभिन्न ब्राण्डका दर्जनौँ ई–स्कुटर जफत गरिएको हो।

भन्सार कार्यालयका अनुसार नियन्त्रणमा लिइएका स्कुटरहरू विभिन्न कम्पनी र मोडलका छन्। सम्बन्धित सवारीधनी तथा दाबीवालाहरूलाई स्वामित्व प्रमाणित गर्ने आवश्यक कागजातसहित तोकिएको समयभित्र कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

समयसीमाभित्र सम्पर्क नगरे प्रचलित भन्सार ऐन तथा अन्य कानुनी व्यवस्थाअनुसार थप कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।

सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा विद्युतीय सवारी साधन भित्र्याउने क्रम बढेपछि निगरानी र नियन्त्रण कडा पारिएको भन्सार स्रोतले जनाएको छ। राजस्व चुहावट रोक्न यस्ता अवैध आयातविरुद्ध निरन्तर कारबाही जारी रहने कार्यालयले स्पष्ट पारेको छ।


सम्बन्धित समाचार