Logo

२८ बैशाख, काठमाडौँ । अमेरिका र इरानबीच मध्यपूर्वमा युद्धको स्थिति गहिरिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने हुनुभएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्पले आगामी बुधबार (मे १३) देखि १५ तारिखसम्म चीनको तीन दिने राजकीय भ्रमण गर्ने औपचारिक पुष्टि भएको छ ।

विगत नौ वर्षमा अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो । यसअघि मार्च महिनाका लागि तय गरिएको यो भ्रमण मध्यपूर्वमा बढेको तनावका कारण केही समयका लागि स्थगित गरिएको थियो। इरानसँगको सैन्य मुठभेड जारी रहेकै बेला हुन लागेको यो भ्रमणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच विशेष भेटवार्ता हुनेछ। सो अवसरमा दुई नेताबीच मध्यपूर्वको सुरक्षा अवस्था र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ को विवादका विषयमा गहन छलफल हुने सम्भावना छ ।

चीनले यसअघि नै होर्मुज जलमार्ग विश्व व्यापारका लागि मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई अवरुद्ध पार्ने कार्य कसैको हितमा नहुने स्पष्ट पारिसकेको छ । ट्रम्पको यो बेइजिङ यात्राले युद्धरत मुलुकहरूबीचको तनाव कम गर्न वा नयाँ शक्ति समीकरण बनाउन कस्तो भूमिका खेल्छ भन्ने विषय अहिले चर्चाको केन्द्रमा रहेको छ ।


सम्बन्धित समाचार
भर्खरै