२८ बैशाख, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको विस्तृत कार्ययोजना र प्राथमिकताहरू समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यस वर्षको कार्यक्रमले विशेष गरी प्रविधिमा आधारित अर्थतन्त्र, सामाजिक सुरक्षा र ऊर्जा क्षेत्रको व्यापक विस्तारलाई मुख्य आधार बनाएको छ ।
यस्ता छन् सरकारका नीति तथा कार्यक्रम

















