३० बैशाख, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार बिहान मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको उक्त बैठकमा सरकारका समसामयिक विषय र आगामी कार्यदिशाबारे छलफल भएको छ । आजै बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको सन्दर्भमा त्यसअघि मन्त्रिपरिषद्को यो बैठक बसेको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सदनमा उठेका जिज्ञासाहरूको स्पष्टीकरण प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम तय भएको छ ।
मन्त्रिपरिषद् बैठकमा संसद्मा प्रस्तुत गरिने जवाफ र आगामी बजेटका तयारीका विषयमा समेत मन्त्रीहरूबीच परामर्श भएको बुझिएको छ।

















