Logo

३० बैशाख, काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्‌मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बुधबारको कार्यसूची अनुसार प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको उत्तर दिनुपर्ने थियो, तर उहाँको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएपछि विपक्षी दलहरू आन्दोलित भएका हुन् ।

प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेको र संसदीय मर्यादा विपरित चलेको भन्दै विपक्षी सांसदहरूले रोस्ट्रम घेराउ र नाराबाजी गरेपछि बैठक अगाडि बढ्न सकेन ।

विपक्षीको विरोध र नाराबाजी यथावत रहेपछि सभामुख डोलप्रसाद अर्यालले सदनको गतिरोध अन्त्यका लागि संवाद गर्ने उद्देश्यले १५ मिनेटका लागि बैठक स्थगित गर्ने निर्णय गर्नुभएको छ । १५ मिनेटपछि पुनः बस्ने बैठकमा पनि विपक्षीले प्रधानमन्त्रीकै उपस्थितिलाई मुख्य सर्त बनाउने संकेत दिएका छन् ।


सम्बन्धित समाचार