Logo

३० बैशाख, काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले कार्यकारी निर्देशक भट्टको राजीनामा प्राप्त भएको पुष्टि गर्नुभएको छ ।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेसँगै भट्टले पद छोड्नुभएको बुझिएको छ । डा. भट्टको राजीनामासँगै निगममा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने देखिएको छ ।


सम्बन्धित समाचार