Logo

७ जेठ, काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको छ। सरकारी सञ्चार माध्यमहरूलाई प्रतिस्पर्धी, व्यावसायिक र जनउत्तरदायी बनाउने लक्ष्यसहित मन्त्रालयले यसपटक खुला प्रतिस्पर्धात्मक प्रणालीबाट योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक सूचना अनुसार, तोकिएको शैक्षिक योग्यता र सम्बन्धित क्षेत्रमा कार्यअनुभव पुगेका इच्छुक नेपाली नागरिकले आगामी २०८३ जेठ १८ गते सोमबारभित्र मन्त्रालयमा आफ्नो कार्ययोजनासहित आवेदन दिन सक्नेछन्।

राजनीतिक नियुक्तिका कारण सार्वजनिक सञ्चार माध्यमहरूको साख खस्किँदै गएको आलोचना भइरहेका बेला मन्त्रालयले खुला प्रतिस्पर्धाको बाटो रोजेको हो। अध्यक्ष पदका लागि आवश्यक पर्ने शैक्षिक योग्यता, कार्यअनुभव, छनोटका विस्तृत मापदण्ड, कार्यक्षेत्र (टीओआर) र आवेदन फाराम मन्त्रालयको आधिकारिक वेबसाइट (www.mocit.gov.np) मा उपलब्ध गराइएको छ।

मन्त्रालयले गठन गर्ने उच्चस्तरीय छनोट समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा योग्य उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।


सम्बन्धित समाचार