Logo

२० जेठ,काठमाडौं । रवि लामिछाने ले आज नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारतीय भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले केहीबेरमै भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको भ्रमण टोलीमा सहभागी सांसद दीपक बोहोराले जानकारी दिएका छन्।

भेटका क्रममा प्रधानमन्त्री मोदीले लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलसँग सामूहिक छलफल गर्नुका साथै लामिछानेसँग एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन्। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, राजनीतिक सहकार्य तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार