Logo

२२ जेठ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (अधिक नगद मौज्दात) थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले बजारबाट पैसा खिच्ने प्रक्रियालाई निरन्तरता दिएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरी आज शुक्रबार पुनः ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएको छ । केन्द्रीय बैंकका अनुसार, निक्षेप संकलनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

सहभागी संस्थाले न्यूनतम १० करोड र सोभन्दा माथि ५ करोडले भाग जाने गरी बोलकबोल गर्नुपर्नेछ । ७७ दिने अवधिको यो निक्षेप संकलनको साँवा र ब्याज आगामी भदौ ५ गते भुक्तानी गरिनेछ । पछिल्ला केही दिनयता प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निरन्तर यस्तो कदम चाल्दै आएको छ ।


सम्बन्धित समाचार