२२ जेठ, काठमाडौं । सङ्घीय संसद्मा सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) आक्रामक रूपमा प्रस्तुत भएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको र त्यसले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच पुर्याएको भन्दै नेविसंघले शुक्रबार राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको भनाइको चर्को निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने मागसहित नाराबाजी गरेका छन् ।
विद्यार्थीहरूले सरकार प्रमुखबाटै राष्ट्रिय हितविपरीतका हल्का र संवेदनहीन धारणा सार्वजनिक हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। क्याम्पस परिसरबाट सुरु भएको उक्त विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको कार्यशैली र प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विरुद्धमा प्लेकार्डसहित आफ्नो आक्रोश पोखेका छन् ।


















