Logo

२२ जेठ, काठमाडौं । गृह मन्त्रालयले प्रहरीका एसएसपीहरूको सरुवामा त्रुटि फेला पारेपछि निर्णय सच्याएको छ ।

गत जेठ १८ गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तहबाट गरिएको सरुवाको सूचीमा हेरफेर गर्दै मन्त्रालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सुरेश काफ्लेलाई दिने निर्णय गरेको हो । यसअघि विशेष ब्युरोमा कार्यरत काफ्लेलाई उपत्यका ट्राफिकमा ल्याइएको हो भने, ट्राफिकमा सरुवा भएका शान्तिराज कोइरालालाई विशेष ब्युरोमा पठाउने गरी सरुवा सच्याइएको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जबाट कोइरालालाई ‘क’ श्रेणीको कार्यालय मानिने उपत्यका ट्राफिकमा सिफारिस गर्दा आन्तरिक मापदण्ड मिचिएको भन्दै चौतर्फी आलोचना भएको थियो । प्रहरी नियमावली तथा मापदण्ड अनुसार एक इन्चार्जबाट अर्को इन्चार्जको जिम्मेवारीमा जानुअघि कम्तीमा एक वर्षको अन्तराल हुनुपर्ने प्रावधान रहेको छ ।

आईजीपी दानबहादुर कार्कीको सिफारिसमा भएको उक्त विवादास्पद निर्णयपछि मन्त्रालयले मापदण्डविपरीतको नियुक्ति सच्याउँदै काफ्लेलाई उपत्यका ट्राफिकको नेतृत्व सुम्पेको हो ।


सम्बन्धित समाचार