Logo

२२ जेठ, काठमाडौं । हराएको सिमकार्डमार्फत मोबाइल बैंकिङ सेवा ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीका रोशन पहाडी र डडेल्धुराका सुभाष ओझालाई क्रमशः भक्तपुरको सल्लाघारी र ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा पीडित कान्छी लामाको नाममा रहेको र तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा दर्ता भएको सिमकार्ड हराएपछि पहाडीको हातमा परेको खुलेको छ ।

सोही सिमकार्ड सक्रिय भएपछि बैंक खाताको ‘नोटिफिकेसन’ पहाडीको मोबाइलमा आउन थालेको र त्यसैको मौका छोपी आरोपितहरूले मोबाइल बैंकिङ सेवा दुरुपयोग गरी २४ लाख ४७ हजार रुपैयाँ विभिन्न वालेट तथा अन्य बैंक खातामा ट्रान्सफर गरी हिनामिना गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि दुवै अभियुक्तलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।


सम्बन्धित समाचार