२४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज उच्च दरको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो । यस अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ३ लाख ८ सय रुपैयाँ कायम भएको छ । गत आइतबार सुन ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ रहेको थियो ।
केही समययता उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्यमा देखिएको यो गिरावटलाई बजार विश्लेषकहरूले महत्वपूर्ण रूपमा हेरेका छन् । लगातार बढिरहेको सुनको मूल्यमा अचानक आएको यति ठूलो गिरावटले उपभोक्ता तथा व्यवसायीहरूबीच चर्चाको विषय बनेको छ । महासंघले तोकेको यो नयाँ मूल्यसूची आज देशभर लागू भएको छ ।

















