Logo

२५ जेठ, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संस्थाको नेतृत्व चयन प्रक्रियामा आमूल परिवर्तन गर्दै विधान संशोधनको महत्त्वपूर्ण निर्णय गरेको छ ।

संस्थाको २०२ औँ बैठकले ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने’ साविकको विवादास्पद व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको हो । यस निर्णयसँगै आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दा खुला प्रतिस्पर्धाको ढोका खुल्ने भएको छ ।

इप्पानले यही जेठ २९ गते आयोजना हुने २४ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनमा यो प्रस्तावलाई आधिकारिक रूपमा लैजाने तयारी गरेको छ। संशोधित विधानअनुसार, कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेका र विधानतः योग्य ठहरिएका जोसुकै सदस्यले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिन पाउनेछन् । साथै, अध्यक्षसहित कार्यसमितिका अन्य सम्पूर्ण पदहरूमा समेत खुला रूपमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ ।

यद्यपि, वर्तमान व्यवस्थाअनुसार भने यस पटकका लागि वरिष्ठ उपाध्यक्ष मोहन डाँगी नै अध्यक्ष बन्नेछन् । तर, त्यसपछिका कार्यकालहरूमा भने इप्पानमा नयाँ नेतृत्व चयनको लोकतान्त्रिक र प्रतिस्पर्धात्मक अभ्यास सुरु हुने भएको छ ।


सम्बन्धित समाचार
भर्खरै