Logo

२४ जेठ, काठमाडौं । प्रधानमन्त्रीले संसद्‌मा आएर स्पष्ट जवाफ नदिएसम्म संसद्को अवरोध जारी रहने नेकपा एमालेले अडान राखेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उक्त अडान दोहोर्‍याएका हुन् ।

महरले एक सार्वभौम देशको प्रधानमन्त्रीले अर्को देशको भूमि मिचिएको भनी रोष्टमबाट दिएको अभिव्यक्ति अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

बैठकमा रास्वपा सभापति लामिछानेले संसद् सुचारु गराउनका लागि परराष्ट्रमन्त्री शिशिर खनालले सो विषयमा जवाफ दिने र आवश्यकता परे आफूले समेत थप प्रस्ट पार्ने प्रस्ताव अघि सारेका थिए। तर, प्रधानमन्त्री स्वयम् उपस्थित भएर जवाफ दिनुपर्ने आफ्नो पार्टीको बटमलाइनमा एमाले अडिग रहेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

सभापति लामिछानेले वर्तमान अवस्थामा प्रधानमन्त्री सदनमा उपस्थित हुन नसक्ने जनाएका थिए, जसलाई एमालेले अस्वीकार गर्दै प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै