Logo

२९, जेठ काठमाडौं । दुई दिनमा १५ हजार २ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि व्यापक वृद्धि भएको छ।

सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँ बढेर २ लाख ९२ हजार रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यसअघि गत बुधबार सुनको मूल्य तोलामा १० हजार १ सय र बिहीबार ५ हजार १ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी सुनसँगसँगै आज चाँदीको मूल्य पनि बढेको छ। गत दुई दिनसम्म लगातार घटेको चाँदीको मूल्य आज तोलामा १९० रुपैयाँ बढेर ४ हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो प्रतितोला ९० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ६५० रुपैयाँमा झरेको थियो भने बुधबार तोलामा १८५ रुपैयाँ घटेको थियो।


सम्बन्धित समाचार