Logo

२९, जेठ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।

बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको हो । बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताउनु भयो ।

सत्यालले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र उत्तर पुस्तीका परीक्षण सकिएको अब इन्ट्री रुजुको काम भइरहेको बताउनु भयो । सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएका उहाँको भनाई छ। कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए ।


सम्बन्धित समाचार