Logo

२९, जेठ काठमडौं । नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक अपराध गरेको आरोप लगाउँदै संसदीय छानवीन गर्न माग गर्नुभएको छ ।

शुक्रबार संसद् बैठक सुरु हुनासाथ आफ्नो भनाई राख्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थमन्त्रीलाई आफ्नो दलले बजेटको विषयमा शंकाको लाभ दिए पनि वाग्लेले आर्थिक अपराध गरेको आरोप लगाउनु भयो ।

उहाँले अर्थमन्त्री वाग्ले वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने पनि माग गर्नुभयो । नेकपा सांसद पुनले बजेटको विषयमा सांसदले उठाएका विषय आरोप मात्रै नहुने बताउनु भयो ।

हिजो आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्ष्यित गर्दै ‘तपाईंहरूको काण्डबारे पनि अनभिज्ञ छैनन्, ती पनि खुल्नेछन्’ भनेका थिए।

नेकपाका नेता पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको विषयमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण पर्याप्त नभएको पनि बताउनु भयो ।


सम्बन्धित समाचार