Logo

२९ जेठ,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने भएका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा यही जेठ ३१ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षीसँग नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय हितका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। साथै उनले चीनका उच्चस्तरीय अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

मुलुकमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमा चिनियाँ उद्यमी तथा व्यवसायीसँग नेपालमा लगानीका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार