Logo

४ असार,वीरगञ्ज ।  प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले वीरगञ्जको आदर्शनगरमा नयाँ ‘एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा बिहीबारदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएको हो।

नयाँ शोरूमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका थिए। कार्यक्रममा संघका पूर्व अध्यक्षहरू गणेश लाठ, अनिल कुमार अग्रवाल, आनन्द अग्रवाललगायत स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथर नेपालको देशव्यापी ‘एक्सपिरियन्स सेन्टर’को संख्या १२ पुगेको छ। मधेश प्रदेशका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस केन्द्रमा प्रदर्शनमुखी ‘एथर ४५० सिरिज’ तथा पारिवारिक प्रयोगका लागि उपयुक्त ‘एथर रिज्टा’ मोडल उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एथरका स्कुटरहरूमा गुगल म्यापमा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, ट्र्याक्सन कन्ट्रोल तथा ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसनजस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्। साथै, ग्राहकलाई ८ वर्षसम्मको ब्याट्री वारेन्टी समेत प्रदान गरिने व्यवस्था रहेको छ।

शोरूम उद्घाटनको अवसरमा कम्पनीले आगामी असार १२ गतेसम्म लागू हुने विशेष अफर पनि सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकहरूले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ प्राप्त गर्न सक्नेछन्।

बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले वीरगञ्ज क्षेत्रमा समर्पित सेवा सहायता उपलब्ध गराउनुका साथै देशभर १० वटा अधिकृत सर्भिस सेन्टर सञ्चालन गरिरहेको जनाएको छ। त्यस्तै, प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू पनि सञ्चालनमा रहेका छन्।

गेटवे मोटर्स प्रालिका अध्यक्ष अनुप अग्रवालका अनुसार एक्सपिरियन्स सेन्टर औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै २० वटा स्कुटरको अग्रिम बुकिङ भइसकेको थियो भने उद्घाटनकै दिन एक वटा स्कुटर बिक्री भएको छ।

हाल एथरका स्कुटरहरू पाँच फरक भेरियन्ट तथा विभिन्न आकर्षक रङमा उपलब्ध छन्। दुईपाङ्ग्रे विद्युतीय सवारी साधन प्रयोगकर्ताका लागि यी स्कुटरहरू आधुनिक, उपयोगी तथा किफायती विकल्प बन्ने कम्पनीको दाबी छ।


सम्बन्धित समाचार
भर्खरै