Logo

१० असार, काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विशेष अतिथिका रूपमा सहभागी भएका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह महाधिवेशन नसकिँदै काठमाडौँ फर्किएका छन् ।

बुधबार बिहानसम्म जारी रहेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरे पनि उनी बन्दसत्रमा भने सहभागी भएनन् ।

महाधिवेशनको महत्त्वपूर्ण कार्यसूचीका रूपमा रहेको केन्द्रीय सदस्य चयनको मतदान प्रक्रिया आज हुँदै गर्दा प्रधानमन्त्री शाह काठमाडौँ फर्किएका हुन् । उद्घाटन सत्रमा आफ्नो मन्तव्य राखेका बालेनले पछि पार्टी सभापतिमा रवि लामिछानेलाई समर्थनसमेत जनाएका थिए ।

महाधिवेशनको पूर्ण सत्रमा सहभागी नभई उनी आफ्नो कार्यव्यस्तताका कारण फर्किएको बताइएको छ।


सम्बन्धित समाचार