Logo

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि मतदानको समय सार्वजनिक गरेको छ ।

नेता मनिष झाका अनुसार पदाधिकारी पदका लागि आज अपराह्न ४ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ । यसअघि ९९ जना केन्द्रीय सदस्य चयनका लागि भएको मतदान कार्य सम्पन्न भइसकेको छ भने सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले अब पदाधिकारीको नतिजा र निर्वाचन प्रक्रियामा सबैको चासो बढेको छ ।

पार्टीले चुनावी प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन उच्च प्राथमिकता दिएको छ । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यको मतदान सकिएलगत्तै पदाधिकारी चयनमा समेत सक्रियता देखाएका छन् ।

विद्युतीय भोटिङ मेसिनको प्रयोगसहितको व्यवस्थापनले रास्वपाको यस प्रथम महाधिवेशनलाई थप चासोका साथ हेरिएको छ । सभापति पदमा निर्विरोध चयन भएसँगै रास्वपाको नयाँ नेतृत्व कस्तो बन्ला भन्ने विषय अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।


सम्बन्धित समाचार