Logo

११ असार, काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार सो आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।

रिट निवेदनमा पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको जिकिर गर्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ । सर्वोच्च अदालतले यस प्रकरणमा सम्बन्धित निकाय, विशेषगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न आदेश दिएको हो ।

विभागबाट लिखित जवाफ प्राप्त भएपछि अर्को पेसीमा थप कानुनी निर्णय लिइने सर्वोच्च अदालत स्रोतले जनाएको छ।


सम्बन्धित समाचार