Logo

११ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा केही दिनयता लगातार उच्च गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रूपैयाँले घटेको हो । बुधबार तोलामा ३ हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्यमा आज (बिहीबार) थप ५ हजार २ सय रूपैयाँको गिरावट आएको छ ।

यस भारी गिरावटसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रूपैयाँ कायम थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट दर्ता भएको छ। आज चाँदी प्रतितोला २ सय ५० रूपैयाँले घटेर ४ हजार २ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ ।

हिजो चाँदी प्रतितोला ४ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । बजारमा सुनचाँदीको मूल्यमा देखिएको यो तीव्र उतारचढावले कारोबारमा समेत प्रभाव पारेको छ ।


सम्बन्धित समाचार