११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि चितवनमा जारी मतदान प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ ।
बुधबार मध्यराति १२ बजेदेखि सुरु भएको मतदानका लागि पार्टीको निर्वाचन आयोगले आज दिउँसो १२ बजेसम्मको समयसीमा तोकेको थियो । निर्वाचन प्रक्रिया चलिरहँदा पार्टीका सभापति रवि लामिछाने पनि मतदान केन्द्रमा आइपुग्नुभएको छ ।
मतदान गर्नुअघि उहाँले निर्वाचन कार्यालयका पदाधिकारीहरूसँग आवश्यक छलफलसमेत गर्नुभएको थियो । यद्यपि, हालसम्म कति प्रतिशत मत खस्यो भन्ने विषयमा पार्टीको निर्वाचन आयोगले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।
तोकिएको समय सीमाभित्रै मतदान सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ ।

















