Logo

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न गरेलगत्तै पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया थालेको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार, निर्वाचन आयोगको तयारीस्वरूप आज दिउँसो ४ बजेबाट पदाधिकारीको निर्वाचन सुरु हुँदैछ । रास्वपाको यस महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाह यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।

पार्टीको विधानअनुसार पदाधिकारीतर्फ दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको हो । रास्वपाको १९ सदस्यीय पदाधिकारी संरचनामा तीन उपसभापतिमध्ये एक, दुई महामन्त्रीमध्ये एक र पाँच सहमहामन्त्रीमध्ये दुई जना मनोनीत गर्ने व्यवस्था छ, जसका कारण बाँकी पदहरूमा चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघि सम्पन्न केन्द्रीय सदस्यको निर्वाचनमा कुल ४,३११ प्रतिनिधिमध्ये २,९५९ जनाले मतदान गरेका थिए, जसमा १,३५२ प्रतिनिधि अनुपस्थित रहेका थिए ।


सम्बन्धित समाचार
भर्खरै