१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प बन्द गर्न थालिएको छ ।
निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । आजराति देखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको थियो ।
तर काठमाडौंका निजी पेट्रोल पम्प आज बन्द छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा भने विक्री वितरण भइरहेको छ । अन्य पम्प बन्द भएपछि तीनै सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरूमा लामो लाइन लागेको छ ।
काठमाडौंको भद्रकालीस्थित नेपालीको सेनाको पम्पमा अहिले पेट्रोल भर्नका लागि बाइक, स्कुटरसहित लामो लाइन लागेको छ ।



















