Logo

१९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यका साथ शुक्रबार २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ नाम दिइएको यस उपकरणका लागि केन्द्रीय बैंकले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलको समय तोकेको छ । बोलकबोलबाट नै ब्याजदर निर्धारण गरिने यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १९ गते हुनेछ भने ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ ।

यस ऋणपत्रमा सहभागी हुनका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र अनुमति दिइएको छ । लगानीकर्ताले कम्तीमा ५ करोड र त्यसभन्दा माथि ५ करोडको गुणांकमा बोलकबोल गर्न सक्नेछन् ।

खरिद गरिएको ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा छ भने यसलाई वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न मिल्ने व्यवस्था गरिएको छ । यद्यपि, यसलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा भने समावेश गर्न नमिल्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै