Logo

२१ असार, काठमाडौं । अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित नेसनल मलमा आयोजित कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्दै साम्यवादप्रति कडा आलोचना गरेका छन् ।

उनले अमेरिकामा कम्युनिस्ट विचारधाराको स्थान नरहेको उल्लेख गर्दै साम्यवाद सधैँ पराजित भएको र भविष्यमा पनि पराजित हुँदै जाने दाबी गरे ।

साथै, अमेरिकी सैनिकहरूले कम्युनिस्ट विचारधारालाई अमेरिकाभित्र प्रवेश गर्न नदिन विश्वभर संघर्ष गरेको पनि उनले बताए ।

कार्यक्रमपछि नेसनल मलमा करिब ४० मिनेटसम्म भव्य आतिशबाजी प्रदर्शन गरिएको थियो, जसमा ८ लाख ५० हजारभन्दा बढी आतिशबाजी गरिएको जनाइएको छ ।

ह्वाइट हाउसले यसलाई अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वतन्त्रता दिवस आतिशबाजी प्रदर्शनको संज्ञा दिएको छ ।

सन् १७७६ जुलाई ४ मा १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने निर्णय गरेको सम्झनामा मनाइने यस वर्षको उत्सवलाई संयुक्त राज्य अमेरिकाले ‘अमेरिका २५०’ नाम दिएको छ।


सम्बन्धित समाचार